मंसिर–२१, २०७५ पोखरा । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे, १४– पोखरामा स्थापना गरिएको छ । यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ ।
उक्त थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स) सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक श्री हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष श्री दामु अधिकारीज्यूले संयुक्त रुपमा गर्नुभयो । उद्घाटनका क्रममा प्रबन्ध निर्देशक ढकालले भन्नुभयो –“अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिनुभयो । उहाँले अब पश्चिम क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गर्नुभयो । नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमइ मोटर्सले गण्डकी प्रदेशको केन्द्रमा अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
सोही समारोहकावीच आइएमई मोटर्सका निर्देशक श्री सन्दिप अग्रवालले आफनो स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा आइएमई मोटर्सका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री सुरज भट्टराई, पोखरा शाखा प्रबन्धक, श्री खेम वहादुर क्षेत्री लगायत अशोक लेलैण्ड– भारतका ख्ष्अभ एचभकष्मभलत( क्ष्लतभचलबतष्यलब िइउभचबतष्यल , आइएमई ग्रुपका तर्फबाट उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
का.मु. प्रमुख कार्यकारी अधिकृत श्री सुरज भट्टराईले आइएमई समुहले आफनो लगानीलाई बिविधिकरण गर्ने शिलशिलामा अटोमोबाइल क्षेत्रमा पनि लगानी गरेको र छोटो समयमा आइएमइ मोटर्सले प्रवद्र्धन गरेको अशोक लेलैण्ड ब्राण्डका गाडीहरु नेपालमा लोकप्रिय हुन
सकेको भन्दै आइएमई. मोटर्सले बिक्री पछिको सेवालाई बिशेष ध्यान दिएकोले नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्म सर्भिस सेन्टरहरु खोली दक्ष मेनपावर, स्पेयर पार्टसको उपलब्धता गराउँदै लगेको जानकारी गराउनु भयो । वहाँले अशोक लेलैण्ड गाडीहरु बिक्री गर्न र बिक्री पछिको सेवाप्रदान गर्न आइएमई मोटर्सले टेक्नीकल सहयोग गरिरहेको तथा आइएमई. मोटर्सका कर्मचारीहरु पनि यस सेटअपमा नै बसेर ग्राहकहरुलाई सेवा दिई रहने जानकारी दिनुभयो ।
सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका ख्ष्अभ एचभकष्मभलत– क्ष्लतभचलबतष्यलब िइउभचबतष्यलक श्री रभि पङ्गाले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७० बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र बिगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराउनु भयो ।”
अशोक लेलैण्डले १ टन देखि ४९ टन सम्मका सामानबोक्ने गाडीहरु, १६ सिट देखि ७० सिट क्षमताका बसहरु तथा ४ क्युविक मिटर देखि २२ क्युविक मिटर क्षमताका ट्रिप्पर, ट्रकहरु र बिभिन्न स्पेशल प्रयोजनका गाडीहरु (दमकल, आरएमसी, रिकभरी भेहिकल, पेट्रोल टयाङ्कर, डिफेन्स भेहिकल, ग्यास बुलेट आदि) उत्पादन गर्ने र ती गाडीहरु नेपालमा आयात गरि बिक्री गर्ने र बिक्री पछिको सेवा दिने कार्य आइएमई मोटर्सले गरिरहेको जानकारी पनि वहाँले दिनु भयो ।
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।
थप जानकारीका लागि सम्पर्कः आइएमई मोटर्स प्रा. लि. कर्पोरेट कार्यालय,
आइएमई कम्प्लेक्स, पानीपोखरी, काठमाडौं
०१– ४००२५७२,४००२५७३