Menu Close

प्रेस बिज्ञप्ति
१८ जेष्ठ २०७५
आइ एम इ मोटर्स ले दसैं तिहार फेस्टिव स्किम अन्तर्गतको खरिदमा सुन हस्तान्तरण गर्यो ।


आइ एम इ ग्रुप अन्तर्गत को सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइ एम इ मोटर्स प्रा लि द्वारा अशोक लेलैंड कमर्सियल भेहिकल को दसैं तिहार फेस्टिव स्किम अन्तर्गत अशोक लेलैंड 1616 IL Cargo Cab Tipper १ थान खरिदमा श्री सुधन बरदेवा ज्यु लाई ३० ग्राम सुन, 1616 IL SFTG Tipper ८ थान खरिदमा उच्चकोटी निर्माण सेवा लाई २५० ग्राम सुन, 1616 IL SFTG Tipper १ थान खरिदमा लट्टीनाथ निर्माण सेवा लाई ३० ग्राम सुन, U2518 SFTG Tipper २ थान खरिदमा उदय सागर निर्माण सेवा लाई ६० ग्राम हस्तान्तरण गरेको छ ।
हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेल्याण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेल्याण्ड सच्चा वैश्विक वाहन उत्पादक हो जसको विश्वमा ९ ओटा कारखाना छन् । अशोक लेल्याण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । अशोक लेल्याण्ड यात्री परिवहनको १८ सिट देखि ७४ सिट सम्मका विभिन्न विकल्प छन् र बसको बजारमा ठूलो पकड रहेको छ । अशोक लेल्याण्ड ट्रक वर्गमा ७.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् ।
नेपालमा उपलब्ध अशोक लेल्याण्डका गाडीहरुः
ट्रक÷टिप्पर
बस
लाइट कमर्सिअल गाडीहरु
डिफेन्स प्रयोजनका स्पेशल गाडीहरु
आइ एम इ मोटर्स प्रा लि नेपाल का लागि अशोक लेलैंड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना ब्रान्च तथा डिलर का सेल्स, सर्भिस, र पार्ट्स नेटवर्क मार्फत आइ एम इ मोटर्स ले ग्राहक हरुलाई सजिलो सुलभ तरिका ले सेवा प्रबाह गर्दै आएको छ । जवान, योग्य र उर्जावान जनशक्ति का साथ् मा आइ एम इ मोटर्स प्रा लि नेपाल को सबैभन्दा बहुमूल्य अटोमोबाइल एजेन्सी छिटै बन्ने तयारी मा छ ।
थप जानकारीका लागि सम्पर्कः
आइ एम इ मोटर्स प्रा लि
कर्पोरेट कार्यालय,
आइएमई कम्प्लेक्स,
पानीपोखरी, काठमाडौं ।
०१– ४००२५७२,४००२५७३,४००२५९०,४००२५९१

Leave a Reply

Your email address will not be published. Required fields are marked *