Menu Close

नयाँ वर्षको आग्मनसंगै सूर्योदय यातायात एण्ड अटो प्रा. ली. ले अशोक लेयलैंडका १५ थान Lynx Smart Elite Plus मोडेलका बसहरु संचालमा ल्याएको छ | सो बसहरुमा डिजिटल डिस्पले, टि. भी, वाईफाई, जि. पि. एस्, सि. सी क्यामेरा लगायत उपकरणहरु उपलब्ध छन् |

पुर्वाअंचलमा  नमुना रुपमा यात्रुहरुलाई सेवा दिने उदघोष गर्दै यस किसिमका लाईफ टाईम इन्जिन जडित गाडीहरुमा फिल्टर र मोबिल खर्च बाहेक अन्य खर्च नआउने कुरा गर्दै अध्यक्ष श्री देबेन्द्र कुमार न्योपानेले अशोक लेयलैंडका सवारी साधनहरू वास्तवमै राम्रो रहेको व्यक्त गर्नुभयो |

कार्यक्रमकै सन्दर्भमा संस्थाका प्रबन्ध निर्देशक श्री सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी विस्तार गर्दै यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित रहने बताउनु भयो |

आई एम ई मोटर्स प्रा. ली. का सेल्स हेड सुसिल सुबेदीले “समयको आवश्यकता अनुसार न्यून खर्चमा कसरी बस सन्चालनमा ल्याउन सकिन्छ भन्ने उदहारण, नेपाली बजारमा अशोक लेयलैंडका बसहरुले पुष्टी गरिरहेको” बताउनु भयो | साथै, १५ प्रतिसत धेरै माइलेज तथा न्यून मर्मत खर्च भएका यी बसहरु व्यवसायी तथा ग्राहक मैत्री रहेको जोडनुभयो |

आई एम ई मोटर्सले ग्राहकवर्गको निम्ति बिभिन्न नौलो योजना ल्याउने गरेको र साथसाथै ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ |

अधिक जानकारीका लागि:

आई. एम. ई. मोटर्स

पानीपोखरी, काठमाडौँ, नेपाल

फोन न . ४००२५७२/४००२५९०/4002591

Leave a Reply

Your email address will not be published. Required fields are marked *