बिर्तामोड असोज २९, २०७४ | नेपालका लागि अशोक लेयलैंड गाडीको आधिकारिक बिक्रेता, आइ एम ई मोटर्स प्रा लिको मेची अन्चल स्थित डिलर सहारा अतोमोबाईल्स एण्ड कम्पनि प्रा लि ले झापाजिलाको बिर्तामोड, चारपनेमा अशोक लेयलैंड गाडीहरुको लागि अत्याधुनिक सर्भिस सेन्टर तथा पुर्वान्चलमा नै सबै भन्दा ठूलो कमर्सियल गाडीहरुको शोरुम आजदेखि सन्चालनमा ल्याएको छ | यो फुल्फुलेज्द सेटअप भएको र यहाबाट अशोक लेयलैंड गाडीहरुका लागि सेल्स, सर्भिस र स्प्यर्स उपलब्ध हुने जानकारी गराईएको छ | उक्त थ्री-एस (सेल्स, सर्भिस र स्प्येर्स ) सेटअपको समुदघाटन आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत श्री कपिल शिवाकोटी, अशोक लेयलैंड भारतका रिजनल मेनेजर श्री तनमय मित्रा, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालिमिया र सहारा अटोमोबाईल्स एण्ड कम्पनिका अध्यक्ष महेन्द्र गिरीले संयुक्त रुपमा गर्नु भएको थियो |
प्रमुख कार्यकारी अधिकृत श्री कपिल शिवाकोटीले आइएमई समुहले आफ्नो लगानीलाई बिविधिकरण गर्ने सिलसिलामा अटोमोबाइल क्षेत्रमा पनि लगानी गरेको र छोटो समयमा आइएमई मोटर्सले प्रवर्दन गरेको अशोक लेयलैंड ब्राण्डका गाडीहरु नेपालमा लोकप्रिय हुन सकेको भन्दै आइएमई मोटोर्सले बिक्री पछिको सेवालाई बिशेस ध्यानदिएकोले नेपालको पूर्व मेचीदेखि पच्चिम महाकाली सम्म सर्भिस सेन्टरहरु खोलि दक्ष् मेनपावर, स्पयेर पार्टसको उपलब्धता गराउदै लागेको जानकारी दिदै यसै क्रममाअब यसरी खोलिएका सर्भिस सेन्टरहरुको औपचारिक उदघाटन गरि ग्राहकहरुलाई जानकारी गराउदै लैजाने उदेश्य रहेको जानकारी गराउनु भयो | वहाले सहारा अतोमोवाइल्ससंगको सहकार्यमा स्थापना गरिएको अत्याधुनिक सर्भिस सेन्टर र शोरुमबाट मेची अन्चल ग्राहकहरूले अशोक लेयलैंडका सबै मोडेलका गाडीहरु आफ्नै आखाले हेरेर रोजेर खरिद गर्ने तथाबिक्री पछिको सेवापनि सजिलैसंगे प्राप्तगर्न सकने जानकारी दिनुभयो | वहाले सहारा अटोमोबाइल्सलाई अशोक लेयलैंड गाडीहरु बिक्रीगर्न र बिक्री पछिको सेवाप्रदानगर्न आइएमई मोटोर्सले टेक्निकल सयहोग गरिरहेको तथा आइएमई मोटोर्सका कर्मचारीहरु पनि यस सेटअपमा नै बसेर ग्राहकहरुलाई सेवादीई रहने जानकारी पनिदिनु भयो | अशोक लेयलैंडले १ टन देखि ४९ टन सम्मका समानबोक्ने गाडीहरु, १६ सिट देखि ७० सिट क्षमताकाबसहरु तथा ४ क्युविक मिटर क्षमताका टिप्पर ट्रकहरु र बिभिन्न स्पेशलप्रयोजनाका गाडीहरु नेपालमा आयातगरी बिक्रीगर्ने र बिक्री पछिको सेवादिने कार्य आइएमईले गरी रहेको जानकारी पनिवहाले दिनु भयो |
अधिक जानकारीका लागि:
सहारा अटोमोबाइल्स एण्ड कम्पनि प्रा. लि
बिर्तामोड-२, चारपाने |
फोन ०२३-546519