नेपालको लागि अशोक लेलैण्ड कमर्शियल भेइकल्स्को आधिकारिक विक्रेता एल.टि. ईन्टरप्राईजेज प्रा.लि. (नेपालको एक प्रमुख व्यापारिक समूह आईएमई गु्रपको एक सहायक कम्पनी) ले आज मिति २०७३ चैत्र ४ गते काठमाडौंमा आयोजित एक भव्य समारोहमा अशोक लेलैण्डको बहुप्रतिष्ठित भाईकिंग बस ९ख्ष्पष्लन द्यगक० प्रस्तुत गरेको छ । यो सफल अशोक लेलैण्ड सवारी नयाँ बसको प्रस्तुती आईएमई गु्रपका कार्यकारी अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल तथा कार्यक्रमका प्रमुख अतिथि अशोक लेलैण्ड कम्पनीका भाइस प्रेसिडेण्ट श्री रवि कुमार पंगाले संयुक्त रुपमा प्रस्तुत गर्नुभयो । यस ऐतिहासिक अवसरमा आईएमई गु्रपका प्रबन्ध निर्देशक श्री हेमराज ढकाल, एल.टि. ईन्टरप्राईजेज प्रा.लि. का संचालकहरु श्री सन्दिप अग्रवाल र श्री सुमन पोखरेल, एल.टि. ईन्टरप्राईजेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत श्री कपिल शिवाकोटी, अशोक लेलैण्ड बसका बिक्री तथा मार्केटिङ्ग प्रमुख श्री ओम प्रकाश पि.के., अशोक लेलैन्ड कम्पनीका पुर्वी सार्क क्षेत्रिय प्रबन्धक श्रीे तन्मय मित्रा, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष श्री विजय बहादुर स्वाँर, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव श्री सरोज सिटौला, प्याब्सनका अध्यक्ष श्री विजय सम्बाहम्फे, एनप्याब्सनका अध्यक्ष श्री कर्ण बहादुर शाही आदिको उपस्थिती भएको थियो ।
अशोक लेलैण्डको भाईकिंग बसमा १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआईपी तथा मेकानिकल गर्भनर भाईकिङ्ग बसहरुले सदा झैं न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्ने प्रतिवद्धता जनाएकोे छ । यस नयाँ भाईकिङ्ग बसले हाल बजारमा भएको बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा प्रदान गर्नेछ । यो नयाँ बसमा एयर सस्पेन्सन रहेको तथा एउटा इन्जिनले एसी र गाडी एकैसाथ चल्ने विशेषता रहेको छ ।
नयाँ भाईकिङ्ग बसको प्रस्तुतीका क्रममा एल.टि. ईन्टरप्राईजेज प्रा.लि. प्रमुख कार्यकारी अधिकृत श्री कपिल शिवाकोटीले अशोक लेलैन्ड बसहरुले सधैं कुशल लागत र आरामदायीको रुपमा बजार अवस्थालाई कब्जा जमाएको बताउनुभयो । उहाँको अनुसार यस नयाँ भाईकिङ्ग बसले आफ्नो परिचय सम्हालेको र भाईकिङ्ग बसले ग्राहकहरु माझमा बस्नेछ र साथै नेपालका बस यात्रुहरुले यस अघि अनुभव नगरेका सुविधायुक्त नौलोपन देख्न पाउनेछन् ।
हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै बस उत्पादकमा विश्वको सोह्रौँ ठूलो उत्पादक हो । अशोक लेलैण्ड सच्चा वैश्विक वाहन उत्पादक हो जसको भारतमा ७ ओटा कारखाना छन् र साथै खाडी मुलुक, केन्या र बंगलादेशमा पनि कारखाना छन् । अशोक लेलैण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । अशोक लेलैण्ड यात्री परिवहनको १८ सिट देखि ८० सिट सम्मका विभिन्न विकल्प छन् र बसको बजारमा ठूलो पकड रहेको छ । अशोक लेलैण्ड व्यावसायिक वाहन वर्गमा पूर्ण विकल्पहरु उपलब्ध छन् जसमा १ टन देखि ४९ टन सम्मका विशेष वाहन रहेका छन् जुन रक्षाको लागि प्रयोग गरिन्छ ।
नेपालमा उपलब्ध अशोक लेल्याण्डका गाडीहरुः
ड्ड ट्रक÷टिप्पर
ड्ड बस
ड्ड लाइट कमर्सिअल गाडीहरु
ड्ड डिफेन्स प्रयोजनका स्पेशल गाडीहरु
आइ. एम. ई. ग्रुप सन् २००१ मा स्थापित नेपालको एक अग्रणी व्यापारिक समूह हो र यसको लगानी रेमित्यान्स, वैंकिङ्ग र लगानी संस्थान तथा उर्जा जलविद्युत, औद्योगिक ग्याँस, पर्यटन व्यवसाय, अटोमोबिल, ट्रेडिङ्ग, लजिस्टीक्स्, आइटी, इन्फ्रास्ट्रक्चर, इत्यादीमा रहेको छन् । ३,००० जना भन्दा बढी जनशक्ति रहेको आइ.एम.ई. ग्रुप सानो वित्तिय व्यवसायबाट ठूलो व्यावसायीक व्यापार ग्रुप भएर लाखौँ ग्राहक पु¥याउन सफल भएको छ ।