अहिले नेपालको सार्वजनिक क्षेत्रमा सञ्चालन भएका सवारी साधनहरुमा सुधारको सुरुवात भएको छ । नेपाल सरकारले ४० सिट वा सो भन्दा बढि क्षमताका ठूला सवारी साधनको आयातलाई प्राथमिकता दिने ब्यवस्था गरे अनुसार दुप्चेश्वर यातायात प्रा.लि.ले प्राइभेट संस्था भएका बावजुद यस ब्यवस्थालाई शिरोधार्य गरि काठमान्डुको रिङ्गरोड, चक्रपथ क्षेत्रमा यातायात सञ्चालन गर्ने उद्देश्यले अशोक लेलैण्ड कम्पनीका सुविधा सम्पन्न लिङ्कस स्मार्ट मोडेलका बसहरु आयात गरि आज देखि सञ्चालनमा ल्याएको छ ।
उक्त बसहरुमा ४० सिट क्षमता, सिसि टिभि क्यामरा, एल इ डि टिभि सुविधाको ब्यवस्था गरिएको छ । साथै, सिसिटिभि जडान गरिएकोले पकेटमार्ने तथा गैरकानूनी कार्य गर्नेलाई सजिलै पकडिएर कारवाहि गर्न सकिने छ ।
निजी क्षेत्रका ब्यवसायिहरुको पहलमा दुप्चेश्वर यातायात प्रा.लि., चौमति, बालाजुस्थित कम्पनीद्वारा आयात गरिएको अशोक लेलैण्डका “अरेन्ज” बसहरु आज २९ मंसिर, २०७३ को शुभ साइतमा उद्घाटन हुन पाएकोमा ज्यादै हर्षित भएको जानकारी कम्पनीका अध्यक्षले उक्त कार्यक्रममा दिनुभयो ।
केहि समय अघिमात्र यस्तै प्रकारको सेवा सुविधा भएका बसहरु साझा यातायातले आयात गरि काठमाण्डौमा सञ्चालन गरेको छ ।