Menu Close

अहिले नेपालको सार्वजनिक क्षेत्रमा सञ्चालन भएका सवारी साधनहरुमा सुधारको सुरुवात भएको छ । नेपाल सरकारले ठूला सवारी साधनको आयातलाई प्राथमिक्ता दिदै आर्थिक ऐन २०७३ मा नै सार्वजनिक यातयात सञ्चालन गर्ने उद्देश्य भएका कम्पनी वा सहकारी संस्थाले साझै गाडी उत्पादकसँग एल.सी. खोलि ४० सिट वा सो भन्दा बढि क्षमताका सवारी साधन आयात गरेमा त्यस्ता सवारी साधनमा लाग्ने भन्सार महसुलमा ९५% छुट दिने र सडक सम्भार दस्तुर पुरै छुट दिने ब्यवस्था गरे अनुसार सगरमाथा यातयात प्रा.लि.ले नेपालको पुर्वी क्षेत्रमा यातयात सञ्चालन गर्ने उद्देश्यले अशोक लेलैण्ड कम्पनीका सुविधा सम्पन्न बसहरु आयात गरि आज देखि सञ्चालनमा ल्याएको छ । उक्त बसहरुमा ४० सिट क्षमता, निःशुल्क वाइफाई सुविधा , कुन ठाँउ आइपुग्यो — बस कहाँ जाने आदि जानकारी भएको डिजिटल डिस्प्ले, आफ्नो मोबाइलमा नै २० मिनेट सम्म बिभिन्न प्रकारका गेमहरु,म्युजिक भिडियोहरु,हास्य कार्यक्रमहरु निःशुल्क हेर्न मिल्ने ब्यवस्था गरिएको छ । साथै, सिसिटिभि जडान गरिएकोले पकेटमार्ने तथा गैरकानूनी कार्य गर्नेलाई सजिलै पकडिएर कारवाहि गर्न सकिने, महिला, बृद्व, अपाङ्ग , बिद्यार्थिलाई छुट्टै सिटको ब्यवस्था गरि टिकमा ५०% छुट दिईएको छ । निजी क्षेत्रका १० जना ब्यवसायिहरुको पहलमा नेपालमा नै पहिलो पटक नेपाल सरकारले ब्यवस्था गरेको नियम अनुसार छुटमा बसहरु आयात गरिएको जानकारी कम्पनीका अध्यक्ष श्री खगेन्द्र उप्रतीले उद्घाटन कार्यक्रममा दिनुभयो । अशोक ललैण्डले भारतमा रहेको फेक्ट्रमा नै सबै बसको बडीसमेत बनाई नेपालमा पठाएको हो ।
केहि समय अघिमात्र यस्तै प्रकारको सेवा सुविधा भएका बसहरु साझा यातयातले आयात गरि दिपावली सकिने बित्तिकैदेखि काठमाण्डौमा सञ्चालन गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *