नेपालमा सार्वजनिक यातयातको क्षेत्रमा नौलो प्रस्तुती गद्रै आएको साझा यातयातले फेरी नेपालमा नै पहिलो पटक अशोक लेलैण्डको सेमी लो फ्लोर बस सञ्चालन गरेर नेपालमा पनि युरोपियन स्टाण्र्डडको बसहरु सार्वजनिक यातयातको रुपमा सञ्चालन हुन सक्छ भन्ने प्रमाणित गरिदिएको छ । हिजो एक कार्यक्रमका बिच काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमूख चिरिबाबु महर्जन, उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल र साझा यातयातका अध्यक्ष कनकमणी दिक्षितले संयुक्त रुपमा नेपालमा नै पहिलो पटक अशोक लेलैण्डले उत्पादन गरेको सेमी लो फ्लोर जन बस सञ्चालनको सुभारम्भ गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै साझा यातयातका अध्यक्ष कनकमणी दिक्षितले अशोक लेलैण्डको “जन” बस बिस्वकै पहिलो सिंगल स्टेप, फ्रन्ट इन्जिन, फुल्ली फ्ल्याट फ्लोर बस रहेको जानकारी दिनु भयो । वहाँले उपत्यकामा चार स्टेप उक्लिएर बसमा चढ्नु पर्ने बाध्यताबाट मुक्ति दिन यो एक स्टेपमा नै बसमा चढ्न सकिने सेमि लो फ्लोर बस सञ्चालन गरिएको र यसमा भएको फुल एयर सस्पेन्सन भएकोले गर्दा यात्रुहरुलाई आन्ददायी यात्राको अनुभव दिन सकिने जानकारी दिनु भयो । अशोक लेलैण्ड लि. भारतका प्रबन्ध निर्देशक बिनोद दसारी आईएमई मोर्टसको कार्यक्रममा नेपालमा आएको समयमा आफुसँग भेट भएको र सोहि समयमा अशोक लेलैण्डले आफ्नो पेटेन्टराइट भएको विश्व कै पहिलो फ्रन्ट इन्जिन भएको सेमी लो फ्लोर बस सहुलियत मुल्यमा उपलब्ध गराउने जानकारी गराएको हुदा साझा यातयातले सोहि अनुसार काठमाण्डौ महानगरपालिकाको सहयोगमा वास्तविक मुल्यको एक तिहाहि मुल्यमा यो अशोक लेलैण्डको सेमि—लो फ्लोर बस आयात गरि आज देखि सञ्चालन गरेको जानकारी गराउनु भयो ।
सोहि कार्यक्रममा आइएमई समुहका अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले साझा यातयातसँगको सहकार्यमा सार्वजनिक यातयातको क्षेत्रमा अशोक लेलैण्डका उत्कृष्ठ बसहरु सप्लाई गर्न पाएकोमा आफु गौरवान्दित महसुस गरेको र अशोक ललैण्डको नेपालको लागि एकमात्र अधिकृत बिक्रेताको रुपमा आईएमई मोर्टस भएकोले साझा यातयातले सञ्चालन गरिरहेका सबै अशोक लेलैण्डबसहरुलाई बिक्री पछिको सेवा सजिलैसँग उपलब्ध गराई रहने प्रतिवद्घता ब्यक्त गर्नु भयो । अशोक लेलैण्ड भारत कै पहिलो इलेक्ट्रिक बस “सर्किट” समेत निर्माण गरि सकेको हुदाँ नेपाल जस्तो बिद्युतीय सम्भावना बोकेको देशमा इलेक्ट्रिक बस सञ्चालन गर्ने प्रकृया सुरु गरेमा आइएमई मोर्टसले त्यसमा सहकार्य गर्न सक्ने जानकारी गराउनु भयो ।
त्यसैगरी, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले साझा यातयात एक पटक बन्द भएर पुनः सञ्चालन गर्दाको क्षणको सम्झना गर्दै सहकारीको मुल्य र मान्यता अनुसार सञ्चान भएमा आफुले सदैव साझालाई सरकारी हस्तेक्षेपबाट मुक्त राख्न सहयोग गरिरहने जानकारी गराउनु भयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले साझा यातयातसँग सहकार्यगरेर उपत्यकामा सार्वजनिक यातयातको स्थिति सुधार गर्ने जानकारी गराउनु भयो । उपत्यकामा साना सवारी साधनहरुको संख्या अत्याधिक धेरै भई सकेकोले ठूला सवारी साधान सञ्चालन गर्नु निर्विकल्प भएको जानकारी गराउनु भयो ।
सोहि कार्यक्रमका प्रमूख अतिथि काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले साझा यातयातमा लगानी गरि सार्वजनिक यातयातका साधनहरु भित्र्याई रहेको र साझा यातायातले त्यसको ब्यवस्थापन पक्षलाई हेरि रहेको जानकारी गराउनु भयो । निकट भविष्यमा काठमाण्डौ महानगरपालिका कै सहयोगमा साझा यातयातले अशोक लेलैण्ड कम्पनीका चार थान लग्जरी बसहरु र बीस थान सिटीबसहरु आयात गर्ने निर्णय गरिसकेको जानकारी दिदै यस्तै प्रकारका लो फ्लोर बसहरु थप तीन थान खरिद गरि चार थान बनाउन पनि साझा यातयातलाई आग्रह गर्नु भयो । उहाँले थप जानकारी गराउँदै भन्नुभयो “सय जना भन्दा बढी मान्छे बोकेर हिडने साझा यातायात अन्र्तगतको अशोक लेलैण्डका सिटी बसहरु काठमाण्डौँ भित्रिए पश्चात् अफिस टाइममा हुने जामको समस्या पनि कम हुनेछ र सिट नपाएर दुःख भोग्दै, उभिएर अफिस जानुपर्ने बाध्यता रहने छैन” ।
उद्घाटन कार्यक्रम पछि दुवै महानगरपालिकाका मेयरहरु अशोक लेलैण्डको उक्त सेमि लो फ्लोर बस चढि साझा यातयातको पुल्चौक स्थित कार्यलयबाट सुन्धारा स्थित महानगरपालिकाको कार्यलय सम्म जानुभएको थियो ।
यात्रीको आरामदाई सफर मा बिशेष ध्यान दिएर बनिएको “जन” बस उक्लिन सजिलो र बस्दा खेरि पर्याप्त लेग रुम भएको छ । चौडा ढोका हरुले गर्दा चढ्न ओर्लिन पनि सजिलो बनाईएको छ । “जन” बस मा भएको अर्को प्रमुख बिशेषता यसको युनिक फिचर अटोमेटेड म्यानुयल ट्रान्समिसन रहेको छ जसले गर्दा चालक लाई गेअर शिफ्ट र क्लच संचालन गर्नु नपर्ने र बढी समय सडक मा ध्यान केन्द्रित गर्न मिल्ने रहेको छ। साथै फ्रन्ट भिउ क्यामेरा ले गर्दा चालक ले आफ्नो गाडी भन्दा अगाडी रहेको गाडी पनि भन्दा पर सम्म देख्न सक्ने छ जसले गर्दा साँघुरा बाट हरु मा पनि सुरक्षित रुपमा मज्जा ले गाडी चलाउन सकिने छ ।
थप जानकारीका लागि सम्पर्कः
आइ एम इ मोटर्स प्रा लि
(नेपालका लागि अशोक लेलैंड कमर्सियल गाडीहरुको आधिकारिक बिक्रेता)
०१– ४००२५७२,४००२५७३,४००२५९०,४००२५९१