Menu Close

अशोक लेयलैंडका थप २० थान बस खरिद सम्बन्धमा आइ. एम. इ र साझा यातायात बिच सम्झौता

आइ. एम. इ ग्रुप अन्तरगतको आइ. एम. इ मोटर्स प्रा लि ले नेपाली बजारमा बिक्री बितरण गर्दै आइरहेको लोकप्रिय अशोक लेयलैंडका थप २० थान सिटि बस खरिद सम्बन्धमा साझा यातायात संग चैत्र ०१, २०७४ का दिन सम्झौता भएको छ |

भारतको चेनई स्थित अशोक लेयलैंडले साझा यातायातले खोलेको टेन्डर प्राप्त गरी नेपालमा सिटि बस सप्लाइ गर्ने भएको छ | अशोक लेयलैंड भारतको न १ बस बनाउने कम्पनी मध्ये एक हो |

भारतका साथसाथै अशोक लेयलैंडको बाहुल्यता श्रीलंका र बंगलादेशमा पनि राम्रो उपस्थितिका साथ रहेको छ | अशोक लेयलैंडका बसहरु बातावरण मैत्री तथा अपांग मैत्री रहनेछन् |

आजको यस सम्झौताको घडीमा साझा यातायातका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कपिल सिवाकोटीज्यू बीच सम्झौतापत्र आदान-प्रदान भयो | सो अवसरमा अशोक लेयलैंड, इन्डियाका प्रतिनिधि कन्ट्री मेनेजर श्री टोनी गइन ज्यु पनि उपस्थित हुनुभएको थियो |

यो अवसरमा आइ एम इ मोटर्स का प्रमुख कार्यकारी अधिकृत श्री कपिल शिवाकोटीज्यु भन्नु हुन्छ “अशोक लेयलैंडका सिटि बसहरु नेपाली बाटोमा Urban Transport को कोशेढुँगा साबित हुनेछन | साझा यातायात दुवारा आयात गरिने बसहरु काठमाडौँ माहानगरपालिका भित्र संचालन गरिनेछन जसका कारण निजि सवारी साधन प्रयोग घट्ने र ट्राफिक समस्या जनमानसले कम मात्र भोग्नुपर्ने कुरा बताउनुभयो” | उहाले थप जानकारी गराउदै भन्नुभयो “सय जनाभन्दा बढी मान्छे बोकेर हिडने साझा यातायात अन्तर्गतको अशोक लेयलैंडका सिटि बसहरु काठमाडौँ भित्रिए पस्चात अफिस टाइममा हुने जामको समस्या पनि कम हुनेछ र सिट नपाएर दु:ख भोग्दै उभिएर अफिस जानुपर्ने बाध्यता रहने छैन” |

download these news

Leave a Reply

Your email address will not be published. Required fields are marked *