प्रेस विज्ञप्ती – श्रावण ०२, २०७५
आइएमई मोटर्सले नेपालका लागि अशोक लेलैण्ड गाडीका आधिकारिक बिक्रेता, ले “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर” देशभर आफ्ना १३ आउटलेट्स हरुमा लागु हुने गरी ग्राहक महानुभावहरु माझ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५% छुट, १०% ल्युबमा, ३०% लेबर श्ुाल्क साथै ३०% च्यासिस ग्रीजिंगमा उपलब्ध गर्ने कम्पनीले बताएको छ ।
फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् ।
यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो योजना नेपाल अधिराज्यभरी श्रावण ०२ गते देखि श्रावण ११ सम्म मात्र लागु हुने छ । आई एम ई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
यो अवसरमा आइएमई मोटसका अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल भन्नु हुन्छ “यस मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर” नेपालभर एकैपटक गराउन पाएकोमा आफु गौरवान्वित महसुस गरेको र अशोक लेलैण्ड लिमिटेडलाई आगामी दिनहरुमा सुमधुर वातावरण बनाउन पनि आग्रह गर्नुहुन्छ । उहाँले थप जानकारी गराउँदै भन्नुभया “ेअशोक लेलैण्डका कर्मसियल भेइकल्सहरु नेपालको देश विकासमा कोशेढुङ्गा साबित भएका छन् । ३ वर्षको अन्तरालमा यस आइ एम इ मोटर्स प्रा.लि. ले देशभर १३ वटा यगतभितक खोलेर ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्न सफल मात्र नभई उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गरिएको प्रतिबद्वता जनाउनु भएको छ । साथै भविष्यमा उच्च सेवा प्रदान गर्न तत्पर रहने कुरामा आफ्नो अभिव्यक्ति प्रस्तुत गर्नुभयो ।
त्यसैगरी, अशोक लेलैण्डका तर्फबाट अन्र्तराष्ट्रिय अपरेशन हेड, श्री अरुन रोयले यस आइएमई मोर्टर्स प्रा.लिसँग आवद्घ हुनु अघि नेपालको मार्केटलाई राम्रो सँग औँल्याउन नपाएको र आज सम्मको स्थितिमा आउँदा अशोक लेलैण्ड र आइएमई मोर्टर्स प्रा.लि.सँगको सहकार्य निकै महत्वपूर्ण भएको बताउनुहुन्छ । आउँदा दिनहरुमा अशोक लेलैण्डले स्पेयर पार्टस प्रयाप्त मात्रामा उपलब्ध गराउने र पार्टसको मूल्यमा पनि विचार गर्न सकिने जानकारी गराउनु भयो । साथै प्राविधिक र गैर प्राविधिक प्रशिक्षण पनि सञ्चालन गरिने कुरामा अभिव्यक्ति प्रस्तुत गर्नुभयो ।
अधिक जानकारीका लागि ः
आइएमई मोटर्स प्रा.लि.
कर्पोरेट कार्यालय
आइएमई कम्प्लेक्स, तेस्रो तल्ला,
पानीपोखरी, काठमाडौँ, नेपाल ।
फोन नं. ४००२५७२÷४००२५७३